प्रभु बैंकका ग्राहकलाई होटेल तराई इनमा विशेष छुट
रौतहटको चन्द्रपुरस्थित प्रभु बैंकले शाखाका ग्राहकहरुलाई होटल तराई इनले विशेष छुट दिने निर्णय गरेको छ ।
ती ग्राहकले होटेल तराई इनका फुड तथा बिभरेजमा १० प्रतिशत र लजिङ सेवामा २५ प्रतिशत छुट पाउन सक्नेछन् । त्यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका चन्द्रनिगाहपुर शाखा प्रमुख राजेश पोखरेल र होटलका प्रबन्ध निर्देशक अमुल रानाले हस्ताक्षर गरेका छन् ।
सो होटेलका सेवामा छूट लिन चाहने प्रभु बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।
Comments