११.११ सपिङ फेस्टिभलका लागि दराजले गर्यो १८ बैंकसँग सम्झौता!
दराजले विगतका वर्षझैँ यो वर्ष पनि अनलाइन सपिङ फेस्टिभल ११.११ सञ्चालन गर्ने भएको छ ।
दशैँ धमाका अभियानको सफलतापछि दराजले ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११.११ को पाँचौं संस्करण कात्तिक २५ गते (नोभेम्बर ११) मा सुरु हुने जानकारी दिएको छ । दराजको सपिङ फेस्टिभल ११.११ मा विभिन्न १८ बैंकसँग सम्झौता हुने भएको छ ।
११. ११ को लागि दराजले डेबिट तथा क्रेडिट कार्डमार्फत् प्रिपेमेन्ट गर्दा २० प्रतिशत वा अधिकतम ३० हजारसम्म छुट प्रदान गर्न नेपालका १८ बैंकसँग साझेदारी गरेको जानकारी दिएको छ । यी १८ बैंकका ग्राहकले दराज ११.११ अभियानको सम्पूर्ण अवधिमा डेबिट कार्ड मार्फत् १५ प्रतिशत वा अधिकतम २५ हजार र क्रेडिट कार्ड मार्फत २० प्रतिशत वा अधिकतम ३० हजारसम्मको छुट पाउने छन् ।
दराजको यस अभियानमा नबिल, कुमारी, सानिमा, माछापुच्छ्रे, एभरेस्ट, सनराइज, मेगा, एनएमबी, सिटिजन्स, नेपाल, एनसीसी, एसबीआई, सिद्धार्थ र हिमालयन र विकास बैंकहरुमा ज्योति, कामना सेवा र सांग्रिला जस्ता बैंकहरु सहभागी हुने भएका छन् ।
Comments