म्याडम क्युरीको प्रेरक जीवनी!

मेरी स्कोलोडोस्का क्युरीको जन्म पोल्याण्डको वारसामा नोभेम्बर ७, १८६७ मा भएको थियो। उनको सुरुका वर्षहरू दुःखदायी थिए। बाल्यकालमा उनले आफ्नी बहिनी र आमाको अकाल मृत्युको दु:ख सहन गर्न पर्यो । 

क्युरीले स्थानीय विद्यालयहरूमा सामान्य शिक्षा र आफ्नो बुबाबाट केही वैज्ञानिक प्रशिक्षण प्राप्त गरिन। उनी आफ्नो लगनशीलता र नैतिकताका लागि प्रसिद्ध थिइन् । उनले अध्ययन गर्नको निमित्त खाना र निद्रालाई पनि बेवास्ता गरिन्। हाई स्कूलबाट स्नातक गरेपछि उनले एक वर्ष मानसिक विक्षेपको सामना गरिन्। लिङ्गको कारण उनलाई कुनै पनि रूसी वा पोलिश विश्वविद्यालयहरूमा भर्नाको अनुमति दिईएन। त्यसैले उनले धेरै वर्षसम्म गभर्नेसको रूपमा काम गरिन्। 

अन्ततः क्युरीले वारसा छोडिन । उनी क्राकोमा बसाई सरिन्, जहाँ अस्ट्रियाको शासनमा थियो। सन् १८९१  मा उनकी जेठी बहिनीको आर्थिक सहयोगमा उनी पेरिसमा सरिन् । त्यहाँको सोर्बोन विश्वविद्यालयमा उनले रसायनशास्त्र र भौतिकशास्त्र अध्ययन गरिन् । उनी भौतिक विज्ञान र गणितमा लाइसेन्सशिप प्राप्त गरेपछि त्यहाँ पढाउने पहिलो महिला बनिन्। त्यहाँ उनले सन् १८९४ मा स्कूल अफ फिजिक्सका प्रोफेसर पिएर्रे  क्युरीलाई भेटिन् र पछि उनीसँग विवाह पनि गरिन्। 

निरन्तरको मेहनतपछि क्युरी भौतिकशास्त्रमा पीएचडी हासिल गर्ने र सोर्बोनमा पढाउने पहिलो महिला बनिन्। सन् १९११  मा उनले पोलोनियम र रेडियमको खोजका लागी रसायन विज्ञानमा दोस्रो नोबेल पुरस्कार जितिन् । विश्वयुद्धको दौरानमा उनले एक लाख भन्दा बढी घाइते सैनिकहरूको उपचार गरिन् र डाक्टरहरूलाई मद्दत गर्न मोबाइल रेडियोलोजी एकाइहरू स्थापना गरिन्। विकिरणमा क्युरीको अग्रगामी कार्यले विश्वभर क्यान्सरको नयाँ उपचारको नेतृत्व गर्यो।          
 
विहेपछि, क्युरी दम्पत्तीले रेडियोधर्मी सामग्रीहरू अध्ययन गरे। उनीहरुले विशेष गरी यूरेनियम अयस्क पिचब्लेन्डको अध्ययन गरे, जसबाट निकालिएको यूरेनियम बढी रेडियोधर्मी हुने गर्थे। सन् १८९८ सम्म, तिनीहरूले तार्किक व्याख्या निकाले । पिचब्लेन्डमा केहि अज्ञात रेडियोएक्टिभ घटकको ट्रेसहरू थिए, जुन युरेनियम भन्दा धेरै रेडियोधर्मी थियो। यसरी, त्यस वर्षको डिसेम्बर २६  मा मेरी क्युरीले यो नयाँ पदार्थको अस्तित्व भएको घोषणा गरिन। सन् १९०२  मा, यो जोडीले क्लोराइड लवण र दुई नयाँ रासायनिक तत्वहरू अलग गरे । पहिलोलाई तिनीहरूले मेरीको मूल देशको नामबाट पोलोनियमको नाम दिए र दोस्रोलाई यसको तीव्र रेडियोएक्टिभिटीबाट रेडियम नाम दिइएको थियो।  

आफ्नो पति र हेनरी बेकरेलसँग मेरीलाई सन् १९०३  मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरियो। उनी नोबेल पुरस्कार पाउने पहिलो महिला थिइन्।  सन् 
१९०६ मा एक ट्राफिक दुर्घटनामा पियरे क्युरीको दु:खद मृत्यु पछि पन म्यारीले आफ्नो अनुसन्धान जारी राखिन् र सोर्बोनमा सामान्य भौतिक विज्ञानको प्रोफेसरको रूपमा आफ्नो स्थान लिइन् जुन एक महिलाको एतिहासिक उपलब्धी थियो । उनी पेरिस विश्वविद्यालयको रेडियम इन्स्टिच्युटमा क्युरी  प्रयोगशालाको निर्देशकमा  पनि नियुक्त भइन्।  सन् १९११ मा, रसायनशास्त्रमा शुद्ध रेडियम अलग गरे बापत उनले दोस्रो नोबेल पुरस्कार जितिन। 

सन् १९३४ मा ल्युकेमियाको कारण ६६ वर्षको उमेरमा मेरी क्युरीको मृत्यु भयो। उनको मृत्युको कारण अध्ययनमा संलग्न उच्च स्तरको विकिरणको असर मानिन्छ। सन् १९९५  मा उनको अवशेष फ्रान्सेली राष्ट्रिय समाधिमा हस्तान्तरण गरियो । उनी आफ्नै योग्यताका आधारमा यो सम्मान प्रदान गर्ने पहिलो महिला थिइन्। 

यसरी, निरन्तरको लगनशीलता र कडा मेहनतले म्याडम क्युरीले नयाँ तत्त्वको आविष्कार गरिन्, जसले क्यान्सर उपचारलाई थप सहज बनायो । साथै, उनको नाम वैज्ञानिक दुनियाँमा कालजयी बन्यो ।

Comments

Back to top