एनआईसी एशिया बैंककाे सीईओमा रोशन कुमार न्यौपाने पुनःनियुक्त
एनआईसी एशिया बैंक लिमिटेडको मिति २०७९ कार्त्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औँ बैठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्त गरेको छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मङ्सिर १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।
Comments