भृकुटीमण्डपमा जुत्ताचप्पल सेल मेला
काठमाडौंको भृकुटीमण्डपको प्रवेशद्वारसँगैको सानो चौरमा यसपाली पनि मेला शुरु भएको छ। विभिन्न ७ वटा स्वदेशी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको हो । नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले सोहि मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जनाएको छ । साथै सोहि मेलामा नेपालका विभिन्न नेपाली तथा विदेशी जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर शुज, प्राइड स्वदेशी जुत्ता, वन वोल्ड सुज, बोस सुज, फुट स्टेप, हिमानी कलेक्सन तथा हाइलाइफ सुजका महिला पुरुष दुवैका लागि हुने फुटवेयरहरु उपलब्ध हुने जनाएका छन् । मेलामा जाडो र विवाहको सिजनलाई लागि लक्षित नयाँ ब्राण्डका जुत्ताचप्पल राखिएको प्राइड सुजका संचालक रामहरि तोलाङले बताएका छन् । मेलामा १ सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मका क्याजुअल, स्पोर्टस्, पार्टी, बुट स्कुल, कलेज, कर्मचारीका युनिफर्म जुत्ताका साथै पुरुष, महिला र बालबालिकाका जुत्ताहरुमा भारी छुटमा किन्न पाइने रामहरि तोलाङले जानकारी दिएका छन् ।
Comments