वर्ल्डलिंकको जनचेतनामूलक कार्यक्रम सम्पन्न!

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले किशोरीहरूको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।  

यो जनचेतनामूलक कार्यक्रम सिरहा कर्जन्हा- ११ स्थित जनसेवा माध्यामिक (प्राविधिक) विद्यालयका ३४१ जना छात्राहरूलाई लक्षित गरी आयोजना गरिएको थियो । सोही कार्यक्रममा  सरसफाइ, यौन तथा प्रजनन स्वास्थ्य, हिंसा तथा लैङ्गिक हिंसा, बाल विवाह रोकथाम, मानसिक स्वास्थ्य र आत्मरक्षा जस्ता विषय समेटिएको थियो। वर्ल्डलिंका कार्यकारी निर्देशक मनोज अग्रवालका अनुसार समुदायमा विद्यमान लैङ्गिक विभेदलाई सन्तुलनको स्तरमा ल्याउन महिला सशक्तीकरण जस्ता संवेदनशील कार्यक्रमको आवश्यकता एकदमै महत्त्वपूर्ण रहेको बताए। 

साथै उनले थपे, "महिलाहरूको सशक्तीकरणका निम्ति शिक्षा पहिलो पाइला हो । यस प्रसङ्गमा हाम्रो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले किशोरीहरूको शिक्षामा योगदान पुर्‍याएको छ ।"

Comments

Back to top