बिओकेको २५ प्रतिशतसम्मको क्यासब्यक योजना चाडपर्वपछि पनि
बैंक अफ काठमाडौँले चाडपर्वको अवसरमा ल्याएको २५ प्रतिशतसम्मको क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको सूचना सार्वजनिक गरेको छ । बैंकले चाडपर्वमा आफ्ना ग्राहकलाई आवयश्क सरसामान खरिद गर्दा सुविधा दिने उद्येश्यले योजना सार्वजनिक गरेको थियो । अबभने चाडपर्वपछि पनि बिओकेले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरि भुक्तानी कारोबार गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यसलगतै मोबाइल बैंकिङ्गमार्फत पहिलोपटक क्यूअर स्क्यान गरि कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँसम्म फिर्ता पाउने जानकारी दिएको छ । साथै नगद फ्रिर्ता योजना मंगलवार कार्तिक १५ गते देखि कार्तिक ३० गतेसम्म लागू हुने बैंकले जानएको छ ।
Comments