मेगा बैंकको एक्सटेन्सन काउन्टर दोलखाको मालपोत कार्यालयमा!
हालै मेगा बैंक नेपालले दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले एक कार्यक्रमका बीच जिल्ला मालपोत कार्यालयमा मेगा बैंक एक्सटेन्सन काउन्टरको उद्घाटन गरे। जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङले मेगा बैंकको एक्सटेन्सन काउन्टर स्थापनापछि सेवाग्राहीलाई सहज रुपमा बैंकिङ्ग सेवा मिल्ने बताए ।
मेगा बैंकको देशभर २०८ वटा शाखा र २७ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।
Comments