यो छठमा कनेक्टआईपीएसले ल्यायो  निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफरको अफर!

चाडपर्वको मौसममा तिहार तथा छठलाई लक्षित गरी कनेक्टआईपीएसले मोबाइल बैंक फन्ड ट्रान्सफरलाई नि:शुल्क बनाएको छ। जुनसुकै मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने अफर ल्याईएको हो। 

उक्त अफर कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म लागू हुने बताईएको छ। नगदको सट्टा मोबाइलमा आधारित फन्ड ट्रान्सफर गर्न एनसीएचएल तथा बैंक तथा वित्तीय संस्थाको समन्वयमा यो अफर ल्याईएको हो।  

फन्ड ट्रान्सफर गर्नका लागि मोबाइल बैंकिङ एपमा लग–इन गरी ‘फन्ड ट्रान्सफर’ वा ‘सेन्ड मनी’मा क्लिक गरी फन्ड ट्रान्सफर गर्दा कनेक्टआईपीएसलाई छनोट गर्नपर्छ। कनेक्टआईपीएसको फन्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङमा उपलब्ध रहेको छ । उक्त विधिबाट फन्ड ट्रान्सफर गर्दा कनेक्टआईपीएसमा छुट्टै रजिस्टर गर्न आवश्यक नभएको बताईएको छ। 

Comments

Back to top