यूएईको इमिरेट्स इन्डियासँग इसेवा मनी ट्रान्सफरले गर्यो रेमिट्यान्स सेवा सुरु गर्ने सम्झौता!
संसारभरिका सयौँ मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफर र इमिरेट्स इन्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी गर्ने समझदारी भएको छ।
यस समझदारीपछि यूएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इन्डियाका यूएईस्थित यूएई, अबुधाबी, सारजाहलगायत अधिकांश स्थानमा रहेका ३३ वटा शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्। इमिरेट्स इन्डियामार्फत नेपालमा आफ्ना आफन्तलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिने बताईएको छ।
साथै इमिरेट्स इन्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिने बताईएको छ।
Comments