नबिलले ल्यायो फोनलोन, बिना धितो १ लाखसम्म ऋण पाइने!

नबिल बैंकले ‘नबिल फोनलोन’को न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको जानकारी दिएको छ । 

यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिन योग्य समूहको दायरा पनि केही बढाइएको पनि बैंकले जानकारी दिएको छ। 

यसअघि भने नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र फोनलोनको सुविधा पाइरहेका थिए भने अहिले बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरू पनि फोनलोनका सुबिधा पाउन सक्नेछन् । यो प्रडक्टको प्रभावकारिता, साथै ग्राहकको मागप्रति पनि विश्वस्त रहेको बैंकका एसएमई एन्ड माइक्रोफाइनान्स प्रमुख निरज बस्नेतले बताए । 

Comments

Back to top