गरिमा विकास बैंकका सेवाग्राहीले ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टमा आकर्षक छुट पाउने!

‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्ट र गरिमा विकास बैंकबीच गरिमा बैंकका ग्राहकलाई सेवासुविधामा आकर्षक डिस्काउन्ट दिने समझदारी  भएको छ। 

उक्त समझदारी अनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल तिर्ने ग्राहकले सामाखुसीस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एन्ड बेभरेजमा १५% को भारी छुट पाउनेछन्। 

सो सम्झौतामा बैंकका तर्फबाट अफिसर रमेश रिजाल र रेस्टुरेन्टका अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए। 

Comments

Back to top