सिद्धार्थ बैंकले ल्यायो तिहार अफर: ५०० को अनलाइन कारोबार गर्दा ४०० क्यासब्याक पाईने!
सिद्धार्थ बैंकले तिहारको पावन अवसर पारेर सेवाग्राहीहरुलाई लक्षित गर्दै ४०० रुपैँया क्यासब्याक दिने योजना ल्याएको छ ।
उक्त अफरमा सेवाग्राहीले बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सोभन्दा बढी रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यासब्याक पाउन सक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो ।
सो योजनाले ग्राहकलाई भौतिक नगद भुक्तानी छोडेर डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने बैंकले जनाएको छ ।
Comments