कोकाकोलाले ल्यायो घर फर्काउने अभियान!
दशैँ तथा तिहारको अवसर पारेर कोकाकोलाको नेपालीलाई घर फर्काउने अभियान सुरु गरेको छ । सोही क्याम्पेन अन्तर्गत कोकाकोला नेपालले वैदेशिक रोजगारीमा गएकाहरुलाई घर फर्कने व्यवस्था गरेको छ । लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेर कुवेत गएका १४ जना नेपाली दाजु–भाई, दिदी–बहिनीहरुलाई उक्त क्याम्पेनद्वारा नेपाल ल्याएको हो ।
वर्षौँदेखि आफ्नो घर फर्किन नपाएको र अहिले घर फर्केर परिवारसँग मिलन हुँदाको खुसीका म्याजिकल पलहरुलाई कैद गरेर कोकाकोलाले भिडियो बनाएको छ । उक्त भिडियो कोकाकोलाले युट्युब च्यानल र सामाजिक सञ्जालमा अपलोड गरेको पनि जनाएको छ ।
११ वर्षदेखि वैदेशिक रोजगारमा भएकी कान्छी माया तामाङले भनिन,‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छुँ । हरेक वर्ष विशेष गरी दशैँ र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा साह्रै पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दशैँ–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोकाकोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।'
कोकाकोलाले सम्बन्धहरुलाई यसैगरी अझै नजिक बनाएर म्याजिक छर्न चाहेको बताएको छ ।
Comments