सानिमा बैंकको थ्री इन वान खाता प्रणाली परिष्कृत

ग्राहकहरूको सुबिधालाई मध्यनजर गर्दै  सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्ने उध्देश्यले थ्री इन वान खाता प्रणाली परिष्कृत गरेको छ ।  बैंकको वेबसाइट मार्फत् सहज र सरल रुपमा  ग्राहकहरुले बैंक खाता, डिम्याट खाता, ट्रेडिङ खाताको साथै सी-आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ । सानिमा क्यापिटल र सानिमा बैंकले संयूक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकले अनलाइनमार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । साथै, थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Comments

Back to top