कोसी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ  बैंकले विराटनगरमा रहेको कोसी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । 

बैंकका संचालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपारीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई मेसिन हस्तान्तरण गरेका हुन् । बैंकले पुर्याएको सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरुलाई दायलाइसीस सेवा प्रदान गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाउँदै आएको बैंक संचालक अग्रवालले जानकारी दिए ।

Comments

Back to top