अर्घाखाँची सिमेन्ट भारत निकासा गरिँदै!
अर्घाखाँची सिमेन्ट लिमिटेडले सोमबारदेखि आफुले उत्पादन गरेको सिमेन्ट भारतको उत्तर-प्रदेश निकासा गर्न थालेको छ ।
अर्घाखाँची सिमेन्टका निर्देशक पशुपति मुरारकाले सिमेन्टको गुणस्तर भारतीय सिमेन्टको भन्दा राम्रो भएको जानकारी गराएका छन्। साथै सिमेन्ट कम्पनीका सञ्चालक पशुपति मुरारकाले सिमेन्ट निर्यात गर्दा एउटा सपना पूरा भएको पनि बताए ।
भारतको ब्यूरो अफ इन्डियन स्टान्डर्डस्ले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादनलाई भारतीय गुणस्तर मापदण्ड चिन्ह दिएपछि नेपालबाट निर्यात सुरु गरिएको हो ।
Comments