भायानेट कम्युनिकेसनले मनायो २३औँ वार्षिकोत्सव

भायनेटले हजारौँ ग्राहकहरूको विश्वासयोग्य ब्रान्ड बन्दै आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ । 

भायानेट उत्कृष्ट डिजिटल सेवाहरूमार्फत ग्राहकहरूलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको हो । सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरूवात गर्ने कम्पनी भएको कम्पनीको दाबी छ। 

भायनेटले आफ्ना ग्राहकहरू, कर्मचारीहरू, साझेदारहरू र समर्थकहरूको जीवनलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गरेर समृद्ध बनाउने भिजन लिएको छ । साथै, भायनेटले सबैभन्दा छिटो, भरपर्दो र सस्तो फाइबर इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पनि राखेको छ ।

Comments

Back to top