सिद्धार्थ बैंकले नारायणी अस्पताललाई रु. ५५ लाख नगद प्रदान गर्ने
सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मतका लागि रु. ५५ लाख नगद सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको हो। उक्त कार्यको समन्वय गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालले गर्ने बताईएको छ।
सम्झौतामा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधान र राउन्ड टेबल नेपालका तर्फबाट संस्थाका नेसनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका हुन्।
बैंकबाट प्राप्त उक्त आर्थिक सहयोग अस्पतालमा निमार्णधीन भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिने बताईएको छ। उक्त नगद सहयोगबाट सेवाग्राहीहरुलाई सहजरुपमा अस्पतालको सेवासुविधा लिन मद्दत पुग्ने विश्वास बैंकको छ।
Comments