प्रभु क्यापिटल र गोल्ड जिमबीच विशेष छुट दिने सम्झौता!
प्रभु क्यापिटल र गोल्ड जिमबीच विशेष छुट दिने समझदारी भएको छ ।
उक्त समझदारी भदौ १९ गते आईतबार भएको हो । सो सम्झौता अनुसार प्रभु क्यापिटलका हितग्राही डिम्याट खातावालाले गोल्ड जिमबाट वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।
यो अफर ग्राहकले छूट समझौताको मितिदेखि ३ महिनासम्म लिन सक्नेछन् । यो योजना अनुसार सेवा प्रयोग गर्नुका लागि प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।
Comments