हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भयो लन्च!
विद्युतीय सवारीसाधनमा हिरो मोटोकर्पले धमाकेदार प्रवेश गरेको छ ।
कम्पनीले शुक्रबार आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘भिडा भी वान’ लन्च गरेको छ।
यो ई–स्कुटर भिडा भी वान दुई भेरियन्टमा लन्च गरिएको छ, जसमा पहिलो भिडा भी वान प्रो र दोस्रो भिडा भी वान प्लस छन्।
हिरो मोटरकर्पका एमडी र सीईओ पवन मुंजालले भने, ‘यो एउटा वाचा र प्रतिबद्धता हो, जुन हामीले यो वर्षको मार्च महिनामा सम्पूर्ण विश्वसामु गरेका थियौँ।’
हिरो भिडा भी वानमा स्व्याप गर्न सकिने ब्याट्री प्रविधि दिइएको छ। हिरो मोटोकर्पले यसलाई बनाउन गोगोरो र एथर इनर्जीसँग साझेदारी गरेको छ।
Comments