एनआईसी एशियाका ग्राहकलाई भाटभटेनीमा विशेष छुट!

एनआईसी एशिया बैंकका सेवाग्राहीले भाटभटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा एनआईसी एशिया मोबाइल बैंकिङ एपबाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट उपलब्ध हुने अहिले चलिरहेको छ।

बैंकले नेपालीहरुको विशेष चाड दशैँ, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यही असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो।

बैंकले यसअघि सार्वजनिक गरेको ‘दसैँ–तिहार महोत्सव’ योजनामा पनि भाटभटेनी सुपरमार्केटलगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र)लगायत दर्जनौँ मर्चेन्टहरुमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ। जसअनुसार आउँदो कात्तिक १५ गतेसम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरु खरिद गरी यो बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस तथा एनआईसी एशिया मोबैंकमार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ। त्यसबाहेक उक्त योजनामा विभिन्न ब्रान्डबाट अनलाइन सामग्री खरिद गरी ई–कमर्स भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट पाउने व्यवस्था मिलाइएको छ।

Comments

Back to top