लक्ष्मी बैंकलाई अमेरिकाको डिएफसीले ५ करोड डलर प्रत्यक्ष ऋण दिने!

नेपालको लक्ष्मी बैंकलाई अमेरिकाको ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम’ (डिएफसी) ले ४ करोड ५० लाख अमेरिकी डलर बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको हो।

यसका साथै, डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर  अर्थात् ३२ करोड ५० लाख रुपैयाँ बराबरको ऋण पोर्टफोलिया ग्यारेन्टी पनि प्रदान गर्ने घोषणा गरेको छ।

डिएफसीका अनुसार कुनै एकल विकास वित्त निगमबाट नेपालका लागि पहिलोपटक हालसम्मकै ठूलो ऋण पोर्टफोलियो स्वीकृत गरिएको यो पहिलो घटना हो।

अमेरिकी सहयोग नियोग (युएसएड) को सहकार्यमा डिएफसीले लक्ष्मी बैंकलाई उक्त परिमाण बराबरको ऋण सहयोग दिने सम्झौता भएको हो। 

उक्त ऋण अमेरिकी सरकारका प्राथमिकताका क्षेत्रहरू विश्वव्यापी स्वास्थ्य, खाद्य सुरक्षा, सूचना प्रविधि, लैंगिक समानता, स्वच्छ ऊर्जा तथा जलवायु अनुकूलनमा खर्च गरिने जनाईएको छ ।

Comments

Back to top