मिर्मिरे लुघवित्त १३ औँ वर्षमा प्रवेश!

नेपालका लघुवित्तहरुमध्ये उल्लेखनिय कार्य गरिरहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड १३ औँ वर्षमा प्रवेश गरेको छ । यस लघुवित्त वित्तीय संस्था लिमिटेड वि.सं २०६७ साल असोजमा स्थापना भएको हो । यस लघुवित्तले ६३ जिल्लाहरुमा १ सय ५२ वटा शाखामार्फत ग्राहकलाई सेवा पुर्‍याउँदै आइरहेको छ । 

लघुवित्तको चुक्ता पुँजी ५४ करोड १२ लाख रहेको छ । लघुुवित्तले ९ अर्ब रकमको कर्जा लगानी गरेको छ । २ अर्ब ७० करोड संस्थामा निक्षेप रहेको छ । ७ सय २५ जना कर्मचारी रहेका छन् । १ लाख ५० हजार ग्राहक सदस्यहरु रहेका छन् । ६६ हजार कर्जा उपभोग गर्ने ऋणी सदस्यहरु रहेका छन् ।

लघुवित्त संस्थाहरुले पनि डिजिटलाइजेशनलाई फड्को मारीरहेका छन् । मिर्मिरे लघुवित्तले मोबाइल बैंकिङ प्रणाली लागु गरिसकेको छ । संस्थाको धेरै कामहरु डिजिटलाइजेशनमा नै हुने गर्दछ । कर्जा लगानी तथा कर्जा स्वीकृति गर्ने जस्ता कामहरु पनि अनलाइनमार्फत हुने गर्दछ ।

Comments

Back to top