सानिमा बैंकको शाखा ठिमी र कपनमा विस्तार !
सानिमा बैंकले ठिमी र कपनमा शाखा स्थापना गरी बैंकिङ्ग सेवाको विस्तार गरेको छ । उक्त शाखाहरुको समुद्घाटन वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरे ।
समुद्घाटन कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
सानिमा बैंकले देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा ए.टि.एम संजालहरु संचालन गरी सेवा दिईरहेको छ ।
Comments