भाटभटेनीका ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी १०% क्यासब्याक पाउने !

अब भाटभटेनीका ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी १० प्रतिशत क्यासब्याक पाउने छन् । यो अफर असोज ९ गतेदेखि २२ गतेसम्म लागू हुनेछ। 

साथै, भाटभटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवन सोलुसन्सको सहकार्य सुचारु गरिएको हो। 

हालसालै, यस्ता सुविधाहरु एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आईपीएस मोबाइल एपमा पनि प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
 

Comments

Back to top