प्रभु बैंकका ग्राहकले केसिज रेस्टुरेन्टमा भारी डिस्काउन्ट पाउने !

प्रभु बैंक लिमिटेडले केसिज रेस्टुरेन्ट एन्ड बारसँग मिलेर ग्राहकलाई विशेष छुट दिने अफर ल्याएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख भेषराज धमला र केसिज रेस्टुरेन्टका तर्फबाट सुबोध शाक्यले हस्ताक्षर गरेका हुन्। उक्त योजना अनुसार प्रभु बैंकका सम्पूर्ण सेवाग्राहीले केसिज रेस्टुरेन्टको ‘फुड’, र ‘बेभरेज’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। 

ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी बिल भुक्तानी गर्दा उक्त आकर्षक छुट प्राप्त गर्नेछन्। 

Comments

Back to top