इसेवा मनी ट्रान्सफरको नयाँ योजना: नेपालमा पैसा पठाउँदा काठमाण्डौमा घर जित्न सकिने !
संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आएको इसेवा मनी ट्रान्सफरले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गरेका छ । यसका साथै, कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान पनि संचालन गरेको छ।
एक प्रेस कन्फ्ररेन्समार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो। यो अभियान असोज ७ गतेबाट सुरु भएर फागुन ६ गतेसम्म चालू हुने कम्पनीले बताएको छ।
विदेशबाट आउने रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने सोँचका साथ यो अभियान सुरु गरिएको कम्पनीले बताएको छ।
यस ६ महिने यस योजनामा मासिक रुपमा १ जनाले आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाण्डौमा सुविधासम्पन्न घर प्राप्त गर्नेछन्।
Comments