हिरो इलेक्ट्रिक स्कुटरले नाडा ईभी अटो शोमा आकर्षक डिस्काउन्ट दिने !
हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई. मोबिलिटी प्रालिले नाडा ईभी अटो शोमा आकर्षक डिस्काउन्ट दिने भएको छ।
उक्त कम्पनीले नाडा ईभी अटो शोमा स्टल नं. सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको हो। यसअन्तर्गत, रु. २५ हजारसम्मको नगद पुरस्कार र लक्की ड्रमार्फत एकजनालाई जर्मन ब्रान्ड बोस वासिङ मेसिन दिईने बताईएको छ।
कम्पनीले नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । एकपटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले नेपाल र भारतमा राम्रो बजार लिएको छ।
Comments