यदि तपाईं धनी हुन चाहनुहुन्छ भने भुल्नु पर्ने पैसाका दुई मिथकहरू !
के तपाईंले सधैं धनी हुने सपना देख्नुभएको छ ? तर पैसाको बारे गलत धारणाले तपाईंलाई पछाडि धकेलिरहेको छ कि ! यदि त्यसो हो भने, तपाईं एक्लो हुनुहुन्न। धेरै मानिसहरू फेरि पैसाको बारेमा चिन्ता लिन नपर्ने गरी पर्याप्त धनी हुन मन पराउँछन्, तर यो गर्न भन्दा भन्न सजिलो छ।
धनी बन्ने काम रातारात हुँदैन । यो रातभरिमै धनी बन्ने सपना तपाईंले चिट्ठा जिते मात्रै साकार हुनेछ।
धनी बन्नको लागि पहिला तपाईंले पैसाका बारेमा फैलाईएका भ्रमहरू बुझ्न आवश्यक छ, जसले तपाईंलाई धनी हुनबाट रोकिरहेको छ। ती भ्रमहरुमध्ये केही यस्ता छन्:
१. सबै ऋण खराब हुन्छन्
पैसाको बारेमा फैलाईएको सबैभन्दा ठूलो भ्रमहरु मध्ये एक 'सबै ऋण खराब हुन्छ' भन्ने सोँच हो।
किनभने धेरै व्यक्तिगत सम्पत्ति विशेषज्ञहरू विश्वास गर्छन् कि तपाईं जिम्मेवारीपूर्वक ऋण प्रयोग गर्न सक्नुहुन्न । तिनीहरूले तपाईंलाई सकेसम्म ऋण प्रयोग गर्नबाट रोक्न प्रयास गर्नेछन्। यो सल्लाह हानिकारक छ, किनकि यसले दुई प्रकारका ऋणहरू छन् भनेर ध्यानमा राख्दैन: असल ऋण र खराब ऋण।
असल ऋण भनेको त्यस्तो ऋण हो, जुन तपाईंले व्यवसायबाट कमाउँदै तिर्न सक्नुहुन्छ ।
यसको विपरीत, खराब ऋण उपभोक्ता ऋण हो, जुन तपाईं आफैले तिर्नुपर्छ। यदि यस प्रकारको ऋणको उच्च ब्याज दर छ भने, यो वास्तवमा खराब ऋण हो। जब खराब ऋणको कुरा आउँछ, तब तपाईं ऋणबाट टाढा बस्नुपर्छ।
२. जागिरले धनसम्पत्ति सिर्जना गर्छ
हुर्कंदै जाँदा हाम्रा आमाबाबुले हामीलाई "कडा परिश्रम गर्न र राम्रो जागिर पाउन" भनेका थिए।तर, विडम्बना के छ भने जागिरबाट कोही पनि धनी हुँदैनन् ।
यसको विपरीत, धन व्यवसाय,अचल सम्पत्ति वा स्टकमा लगानी गरेर सिर्जना गरिन्छ । यस प्रक्रियामा आफ्नो तलबको ठूलो हिस्सा बचत गर्नुपर्छ (आदर्श रूपमा लगभग ४०%) र त्यो पैसालाई लगानी गर्नुपर्छ ताकि त्यो पैसा समयको साथ वृद्धि होस्।
तपाईंले यसको लागि स्वयम् आफ्नो व्यवसाय सुरु गर्न सक्नुहुन्छ या केही उपकरणमा लगानी गर्न सक्नुहुन्छ ।
यदि तपाईंले आफ्नो पैसा १०% वार्षिक प्रतिफल दरको लागि लगानी गर्नुभयो भने, तपाईंको पैसाको मूल्य लगभग सात वर्षमा दोब्बर हुनेछ। यसको अर्थ, काम गर्नुभन्दा लगानी गर्नु धेरै शक्तिशाली कुरा हो।
Comments