फोनपे दशैँ अफर: कारोबार गर्दा हरेक दिन एक लाख उपहार !
तीब्र गतिमा अगाडि बढिरहेको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दशैँलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ अफर संचालनमा ल्याएको छ।
यस अफर अन्तर्गत, प्रत्येक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक सेवाग्राहीले एक लाख जित्न सक्नेछन्। यो अफर असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागू हुनेछ।
यस्तै, क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक फोन जित्ने अवसर पाउनेछन्। मर्चेन्टहरुको यो अफर असोज ४ गतेदेखि कात्तिक १२ गतेसम्म चालू हुनेछ।
फोनपेको यस अफरमा सहभागी हुन सेवाग्राहीले फोनपे अफर एपमा गइ चुनौती सामना गर्नुपर्नेछ। यस योजनामा अन्य केही सर्तहरु पनि लागू हुने कम्पनीले बताएको छ।
Comments