भाइबर र यती एयरलाइन्सबिच साझेदारी, ग्राहकलाई बम्पर पुरस्कार जित्ने अवसर !
आफ्ना प्रयोगकर्ताहरुको दशैं विशेष र भव्य बनाउन राकुटेन भाइबर र यती एयरलाइन्सले ' डाउनलोड एण्ड विन ' क्याम्पेन सुरु गरेका छन्।
यो साझेदारीले प्रयोगकर्तालाई दशैंको उत्साह अनुभव गर्ने र यात्राका विषयवस्तुमा आधारित स्टिकर प्याकका साथमा साप्ताहिक पुरस्कार जित्ने अवसर प्रदान गर्ने बताइएको छ। प्रयोगकर्ताले चाडविशेष बम्पर पुरस्कारसमेत जित्ने अवसर प्राप्त गर्ने भाइबरले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।
पुरस्कारहरुमा काठमाडौँदेखि भैरवा, पोखरा र जनकपुरको नि:शुल्क हवाई टिकट र माउन्टेन फ्लाइटको टिकट समावेश गरियको छ। यसमा भाग लिन प्रयोगकर्ताले भाइबरमा उपलब्ध 'यति उडान ' नामक स्टिकर प्याक डाउनलोड गर्नुपर्ने छ। हरेक साता राफेल ड्रमाफर्त एक जना विजेता छानिने छ। विजेताहरुको घोषण यति एयरलाइन्सको आधिकारिक भाइबर च्यानल र सामाजिक सञ्जालमार्फत गरिने जनाइएको छ।
चार साता चल्ने क्याम्पेनमा भाइबर सब्स्त्राइबरहरुका लागि यति एयरलाइन्सको आधिकारिक भाइबर च्यानलमा क्विच, ट्रिभीया जस्ता अन्तक्रियात्मक गतिविधिको पनि व्यवस्था गरियको छ। 'दशैंको समयमा मान्छेहरु रमाइलो गर्न र यात्रा गर्न मनपराउने भएकाले यस वर्षको दशैं भाइबर पप्रयोगकर्ताहरुका निम्ति अलि फरक र बृहत्तर होस् भन्ने हाम्रो उदेश्य हो,'राकुटेन भाइबर एसिया प्यासिफिकका सिनियर डाइरेक्टर डेभिड चेले भनेका छन्।
आफ्नो मेसेजिङ प्लेटफर्मलाई थप सिर्जनात्मक बनाउन भाइबरले विविध रेन्जका नया स्टिक समावेश गर्न लागेको छ।
Comments