'एनएमबी बजार ' सञ्चालन हुँदै !

एनएमबी बैंकले स्वदेशी शीप र उत्पादन प्रवर्द्धनका लागि 'एनएमबी बजार ' सञ्चालन गर्ने भएको छ। बैंकले स्वदेशी शीप , स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुनेगरी उक्त बजार सञ्चालन गर्न लागेको हो।  यस्तो बजार नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक सञ्चालन गर्न लागिएको बैंकले बताएको छ।  

बैंकले दशैं र तिहारलाई लक्षित गर्दै उक्त बजार सञ्चालन गर्न लागेको हो।  बजारमा ६० भन्दा बढी स्टल रहनेछन्। बैंकले आफ्ना ग्राहक वर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनको बजार प्रवर्द्धनमा समेत सघाउन लागिएको बताएको छ।  बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, हस्तकला, साबुन, डिटरजेन्ट पाउडर, झोला लगायत सामान क्यूआर स्क्यान / पोस मार्फत सहुलियत मूल्यमा किन्न सकिनेछ।  बजार यही असोज ८ गते (शनिबार) सानेपामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने बैंकले जानकारी दिएको छ। 
 

Comments

Back to top