राष्ट्रिय वाणिज्य बैंक र खल्तीको सम्झौता, खाता लिंक गर्दा रु. १०० बोनसका साथै स्मार्टफोन जित्न सकिने !
खल्ती एपले राष्ट्रिय वाणिज्य बैंकसँग एक सम्झौता गरेको छ। यस अन्तर्गत, खल्तीमा आफ्नो खाता लिंक गरी पहिलो भुक्तानी गर्ने सेवाग्राहीलाई रु. १०० बोनस दिने अफर ल्याईएको छ। साथै, एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।
यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलोपटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने बताईएको छ। यसका साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन्। यो अफर असोज ३१ सम्म लागू हुनेछ। खल्तीमा बैंक लिंक गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्ने बताईएको छ।
यस्तै, आफ्नो बैंक खाता लिंक गर्ने सेवाग्राहीले इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको भुक्तानी गर्न सक्छन्।
Comments