'मुक्तिनाथ आशिर्वाद बचत खाता ' संचालनमा

मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ आशिर्वाद बचत खाता ' संचालनमा ल्याएको छ।

बैंकले ग्राहकलाई उच्च लाभदायी ब्याजदर प्रदान गर्ने र १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने उदेश्यले उक्त योजना ल्याएको हो। सो खाता गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार रुपैयाँमा खोल्न सकिने बैंकले जानकारी दिएको छ। खातावालाहरुले आफ्ना लागि रू. ३० लाख रुपैयाँको गरी कुल ५१ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन्। साथै विभिन्न १५ ओटा बैंकिङ सेवाहरुमा छुट समेत दिइने बैंकको भनाई छ। 

त्यस्तै, सो खाता प्लाटिनम क्याटेगोरीमा  न्यूनतम १ लाख रुपैयाँमा खोल्न सकिन्छ। उक्त खातामा आफ्ना लागि २१ लाख रुपैयाँ  र परिवारका चार सदस्यका लागि ८० लाख रुपैयाँको गरी १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ ओटा घातक रोगको बीमा हुनेछ। 
 

Comments

Back to top