बौद्ध टुसालमा लि निङ ब्राण्डको आउटलेट संचालनमा !

लि निङको तेस्रो आउट लेट बौद्धस्थित टुसालमा सन्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले आइतबार उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, सुनपति गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष असलसिहं तामाङ, रामेछाप जिल्ला तेक्वान्दो संघका अध्यक्ष धनराज तामाङ, सचिव सपूत मोक्तानलगायत खेलकर्मी उपस्थित  थिए । 

राखेप उपाध्यक्ष  कोइरालाले खेलकुदका पोशाक र खेल सामग्री बिक्री गर्ने संख्या बढ्नुले खेलक्षेत्रप्रति मानिसहरूको चासोका साथै सहभागिता पनि बढेको बताए । साथै, उनले युवाहरू खेल पोशाक र खेल सामाग्रीको व्यवसायमा अग्रसर हुनुले खेलप्रति आम मानिसको लगाव बढ्ने आशा व्यक्त गरे ।

उक्त आउटलेट रामेछापका युवा प्रेमबहादुर मोक्तानको लगानीमा सन्चालनमा आएको हो । उनले देशको इज्जत र मान राख्ने खेलाडीका लागि समर्पित भएर व्यवसाय गर्न पाउँदा छुटै उत्साह र खुसी मिलेको बताए ।

सन्चालक प्रेमबहादुरले यो काठमाडौंको तेस्रो आउटलेट रहेको र यहाँ बाँस्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनका सामग्री र खेल पोशाक पाइने जानकारी दिए  । लि निङले गत महिना नेपाली बाँस्केटबल टोलीलाई प्रायोजन गरेको थियो ।

Comments

Back to top