एनआइसी एशियाले ल्यायो डिजीटल कारोबारमा २०% सम्म क्यासब्याक दिने दशैँ अफर!

एनआइसी एशिया बैंकले यसपालिको चाडपर्वको मौसममा ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको हो । 

उक्त योजना अन्तर्गत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ । यस्तै, २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस(पस)  भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्न सकिनेछ । 

त्यही समयमा सेल्सबेरी, बिगमार्ट एवम् साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पस तथा एनआइसी एशियाको मोबाइल बैंकिङ्गमार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याक प्राप्त हुनेछ । 

यसका साथै, यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्ने बैंकले बताएको छ । 

Comments

Back to top