सेलपेले ल्यायो 'फ्लिप फेस्टिभल अफर'!

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे सेवाले बडा-दशैँको  सु-अवसरमा आफ्ना सेवा-ग्राहीको लागि विशेष अफर लिएर आएको छ। 

यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकले १जीबी डाटा प्याक १० दिनका लागि र एकजना लक्की विजेताले लक्की ड्रमार्फत सामसङ ग्यालेक्सी फ्लिप-३ पाउन सक्नेछन्। 

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि द्रूत गतिमा गर्न सकिन्छ। 

सेलपेको  यो अफर असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू हुने बताईएको छ।

Comments

Back to top