नेपाल टेलिकमले ल्यायो भारत फोन गर्न इन्डिया भ्वाइस प्याक
नेपाल टेलिकमले सेवाग्राहीलाई भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक ल्याएको छ।
यो प्याकेजअन्तर्गत दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी भारतमा फोन गर्न सकिने कम्पनीले बताएको छ।
इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ ।
त्यसैगरी, विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफरअन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाँमा र ७ सय ५९ रुपैयाँमा उपलब्ध छन् ।
एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरी ७ नम्बर थिचेर खरिद प्रक्रिया अघि बढाउन सकिन्छ।
Comments