सानिमा बैंक र दराजले गरे विशेष 'डिस्काउन्ट अफर' दिने सम्झौता !
नेपालीहरुको महान पर्व बडादशैँका सु-अवसरमा सानिमा बैंक र दराजले ‘दसैँ धमाका’ योजना अन्तर्गत विशेष 'डिस्काउन्ट अफर' दिने सम्झौता गरेका छन्।
यस अफरअन्तर्गत सेवाग्राहीले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु. २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु. २ हजार ५०० सम्मको छुट प्राप्त गर्नेछन्।
योजना अवधिभर सहभागी हुने सेवाग्राहीलाई ‘पहिलोलाई प्राथमिकता’का आधारमा छुट प्रदान गरिने बताइएको छ। छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्नेछन्।
यो योजना आज भदौ २९ देखि असोज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ। यसका साथै सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी (ईएमआई) सुविधा लिँदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ। क्यासब्याक योजना आउँदो असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुने बताईएको छ।
Comments