अबिर आर्टिसन फेस्ट असोज १ गते हुने
अबिर आर्टिसन फेस्ट–२०२२ असोज १ गते हुने भएको छ।
अबिर आर्टिसन फेस्ट ललितपुरको मंगलबजारस्थित पाटन संग्रहालय परिसरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुन गईरहेको छ।
नेपाली सीपकर्मी डिजाइनर्स र ब्राण्डहरुको लागि एकीकृत बजार विकास गर्ने उद्देश्यले यो फेस्ट सुरु गरिएको हो। यस प्रदर्शनीले नेपालीलाई नेपालमै उत्पादित सामग्रीप्रति अझ उत्सुकता बढाउने विश्वास रखिएको छ।
यस्तै, अबिर टिमले यस प्रदर्शनीलाई पारिवारिक रमाइलो र जमघट गर्नको लागि विभिन्न किसिमका सामग्रीसमेत पस्कने तयारी गरिरहेको छ। त्यहाँ विभिन्न किसिमका गेम, संगीत, खानाका स्टलहरुसमेत राख्न लागिएको छ।
Comments