जावाले ल्यायो दसैँ र तिहार अफर, आकर्षक ब्याजदरमा उपलब्ध हुँदै क्लासिक बाइक !

नेपालीहरुको महान चाड दसैँ र तिहारका अवसरमा जावा नेपालले विशेष अफर सार्वजनिक गरेको छ। 

यस अफर अन्तर्गत जावा नेपालले ग्राहकलाई जावा ‘९ प्रतिशत’ को ब्याजदरमा उपलब्ध गराउन थालेको हो ।कम्पनीको फाइनान्सिङ पार्टनर ‘अग्नि हायर पर्चेज लिमिटेड’सँगको सहकार्यमा यो सुविधा ल्याइएको हो।  

यसका साथै ग्राहकले जावा बाइक किन्दा निःशुल्क ज्याकेट र हेल्मेट पनि प्राप्त गर्नेछन्। कम्पनीले सर्वाधिक मूल्यांकनसहित ‘इजी एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ। 

जावा मोटरसाइकल एक दशकभन्दा बढी समयदेखि मोटरसाइकल बनाउने क्लासिक बाइक निर्माता कम्पनी हो। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। 

नेपालमा जावा बाइक अग्नि मोटोइन्क प्रालिले भित्र्याएकोे हो। आग्नि माटो इन्क अग्नि ग्रुपअन्तर्गत स्थपित भगिनी संस्था हो।

Comments

Back to top