एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता, सेवाग्राहीलाई विशेष छुट !
एनसीसी बैंकले आफ्ना सेवाग्राहीलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट दिने सम्झौता गरेको छ।
उक्त सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले मनकामना अस्पतालमा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
'क' वर्गको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्सटेन्सन काउन्टर र १३७ एटीएम बुथ सञ्चालन गरीे सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ।
Comments