रामदेव तेलको विशेष अफर अन्तर्गत विजेतालाई पुरस्कार वितरण

लक्की ग्रुप अन्तर्गतको गणपति वनस्पति प्रालिले ‘चाडपर्वको बहार हरेक हप्ता उपहार’ योजनाका विजेताहरुलाई एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको हो। 

उक्त तेस्रो हप्ताको प्रश्नोत्तर ‘सल्भ दी पज्जल’  रहेको थियो। यसअन्तर्गत, प्रतियोगितामा भाग लिई लक्की ड्रमार्फत विजेता हुन सफल प्रतियोगीमध्ये २ जनाले १–१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरेका छन्। विजेताहरुमा काठमाण्डौ थानकोटकी सुभद्रा बिष्ट र काठमाण्डौ टेकुकी स्वाती महर्जन रहेका छन्। 

कम्पनीले नेपालीहरुको महान चाड तीजदेखि छठ पर्वसम्मका लागि यो विशेष योजना सार्वजनिक गरेको हो। जसमा डिजिटल मिडिया फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले बताएको छ।

Comments

Back to top