आइएमईको दसैँ अफर : पहिलो ९ विजेता भए छनोट

नेपालीहरुको महान पर्व दसैँ, तिहार र छठका विशेष अवसरमा आइएमईले आम ग्राहकवर्गलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पहिलो हप्ताका विजेता छानेको हो।

फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राही रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन्। रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही रु. २५ हजार प्राप्त गर्नेछन्। 

यस्तै, सेवाग्राही कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितलकुमार महतो, कृष्णकुमार कटुवाल र मनोज मेयाङ्बो दैनिक विजेता छनोट भएका छन्। उनीहरु प्रत्येकले १–१ सेट सामसुङ मोबाइल उपहारस्वरुप प्राप्त गर्ने कम्पनीले बताएको छ। 

‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातै’मा नामक थिममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरूप प्रदान गरिनेछ र हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु. २५ हजार उपहारस्वरुप प्रदान गरिनेछ। 

त्यस्तै अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई रु. १० लाख उपहारस्वरुप प्रदान गरिनेछ। कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ। यो अफर यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल ९ हप्ता कायम हुनेछ।

Comments

Back to top