बुलिश क्यान्डल बनाउँदै नेप्सेले गर्यो साढे ५४ अङ्कको वृद्धि, कारोबार रकम ४ अर्ब माथि !

आज सोमबार ५४.४५ अङ्कले बढेर २.६२ % वृद्धिको साथ नेप्से परिसूचक २१३२.९६ अंकमा बन्द भएको छ। कारोबार भएका २१४ कम्पनीमध्ये १७६ कम्पनी उकालो लागेको छन्, १ कम्पनी मात्र ओरालो लागेको छ भने ३ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

बजार पुँजीकरण बढेर ३० खर्ब ४५ अर्ब पुगेको छ।

प्रमुख कारोबार

प्राविधिक विश्लेषण

NEPSE Daily Update: July 25, 2022

प्राविधिक विश्लेषण सूचक

१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः १९६) जसले बजारमा भोलाटाइलिटी बढेको इङ्गित गर्दछ। बजार आज अपर ब्याण्ड भन्दा माथि २१३२.९६ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा खरिदकर्ता ज्यादै हावी भएको देखिन्छ।

२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन  भन्दा माथि  १३.८९ मा आएको  देखाउँछ। हिस्टोग्राम बढेर पोजेटिभ १५.३१ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल  – १.४२ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखिन्छ।

३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएको छ। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किन थालेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको जनाउँछ।

४. क्यान्डलस्टिक

नेप्सेले आज ‘बुलिश क्यान्डल’ बनाएको छ जसले बजारमा खरिद बढेको सङ्केत गर्छ।

५. क्युमुलेटिभ एडी लाईन

NEPSE Daily Update: July 25, 2022

क्युमुलेटिभ एडी लाइन –६५२० देखि बढेर – ६३४५ मा आएको छ। नेप्सेको कुल भोल्युम ९२३८०८७ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४८४१२२०) को १९१ प्रतिशत देखिएको छ।

नेप्से आज अपर  ब्याण्डभन्दा माथि २१३२.९६ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि १३.८९ मा आएको छ र  सिग्नल लाईन भने जिरो लाइन भन्दा तल –१.४२ मा देखिएको छ  भने हिस्टोग्राम हिजो भन्दा बढेर १५.३१ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम बढेको देखाउँछ।

+१४ डिएमआई लाइन माथि र  -१४ डिएमआई लाइन तल फर्किएको छ। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको थियो तर अब सिधा भई माथि फर्किन थालेको छ। आज – १४ डिएमआई लाइन तल फर्किएको छ जसले बजारमा खरिद बढेको देखिन्छ। आज आरएसआइ ५७.७९ बाट बढेर ६३.३५ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम बढेको जनाउँछ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२४ को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २१५० को एरिया रहेको देखिन्छ।#nepsetech

Comments

Back to top