नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो ‘ग्रेभ स्टोन डोजी’!

गत साता ०.८५% ले बढेको नेप्से यो साता पनि ०.४०% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०१०.९२ को बिन्दुमा खुलेको नेप्से २०६५.८६ को उच्च  बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब ८ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन शुक्रबार लगभग २७ अंक घटेर नेप्से २०१७.४६ मा बन्द भएको छ।  

साताभरिमा लाइफ इन्स्योरेन्स, हाइड्रो पावर, म्युचल फन्ड, डेभलपमेन्ट बैंक र ट्रेडिंग उप-समुहबाहेक बाँकि ८ उप-समुहहरु उकालो लागेका छन् ।

यस साताको टप गेनर्स (Top Gainers)

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: JULY 23, 2022

अघिल्लो साता ‘बुलिश ह्याँगिंग म्यान’ क्यान्डल बनाउँदै उकालो लागेको नेप्सेले यस साता ‘ग्रेभ स्टोन डोजी’ क्यान्डल बनाएको देखिन्छ जसले आगामी हप्ता लगानीकर्ताले सावधानीपूर्वक लगानी गर्नु पर्ने सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा मुनि भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम हुन थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १७४.०२ मा आएको छ र हिस्टोग्राम बढेर -१४.७७ मा पुगेको छ जसले बजारमा खरिदको मोमेन्टम केही बढेको देखाउँछ ।  सिग्नल लाईन पनि घटेर जिरो लाईन भन्दा तल -१५९.२५ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन तल फर्किएको छ जसले बिक्री बढेको बुझाउँछ। आरएसआइ ३५.६१ बाट बढेर ३६.११ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम हल्का बढेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९७५ को एरिया हुन्छ भने  नेप्सेको आगामी दिनको अवरोध २०६० को एरिया देखिन्छ।#nepseweekly

Comments

Back to top