मौद्रिक नीति सेयर बजारमैत्री नआउने सुइँको पाएपछि घट्न थाल्यो सेयर बजार, २७ अङ्कको गिरावट !
आज शुक्रबार २७.२६ अङ्कले घटेर १.३३% गिरावटको साथ नेप्से परिसूचक २०१७.४६ अंकमा बन्द भएको छ। कारोबार भएका २१२ कम्पनीमध्ये १४ कम्पनी उकालो लागेको छन्, १६४ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका सबै १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
बजार पुँजीकरण घटेर २८ खर्ब ८० अर्ब पुगेको छ।
प्रमुख कारोबार
प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड
आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर घटेको विश्लेषणले देखाउँछ (आजको फरकः १७०) जसले बजारमा भोलाटाइलिटी कम भएको इङ्गित गर्दछ। बजार आज मिडल ब्याण्ड भन्दा थोरै माथि २०१७.४६ मा बन्द भएको छ। आज बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच दिनभर होडबाजी हुँदा बिक्रीकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स
मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा माथि १.१९ मा आएको देखाउँछ। हिस्टोग्राम घटेर पोजेटिभ ९.२३ मा आएको छ। एमएसिडी लाइनले तलबाट सिग्नल लाइनलाई क्रस गरेर माथि गईरहेको छ। सिग्नल लाइन बढेर जिरो लाइन भन्दा तल – ८.०४ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा बिक्रीकर्ताको मोमेन्टम बढ्न थालेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट
डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको जनाउँछ।
४. क्यान्डलस्टिक
नेप्सेले आज ‘बियरिश क्यान्डल’ बनाएको छ जसले बजारमा बिक्री बढेको सङ्केत गर्छ। त्यसकारण, लगानीकर्ता भोलि पनि ‘पर्ख र हेर’को अवस्थामा रहनुपर्ने देखिन्छ।
५. क्युमुलेटिभ एडी लाईन
क्युमुलेटिभ एडी लाइन –६५४८ देखि घटेर – ६६९८ मा आएको छ। नेप्सेको कुल भोल्युम ३१४६७१५ रहेको छ जुन २१ दिन मुभिङ एभरेज भोल्युम(४३९०८३६) को ७२ प्रतिशत देखिएको छ।
नेप्से आज मिडल ब्याण्डभन्दा माथि २०१७.४६ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा माथि १.१९ मा आएको छ र सिग्नल लाईन भने जिरो लाइन भन्दा तल –८.०४ मा देखिएको छ भने हिस्टोग्राम हिजो भन्दा घटेर ९.२३ मा पुगेको छ जसले बजारमा खरिदकर्ताको मोमेन्टम घटेको देखाउँछ।
+१४ डिएमआई लाइन तल र -१४ डिएमआई लाइन माथि फर्किएको छ। सिग्नल लाइनले -१४ र +१४ डिएमआई लाइनलाई क्रस गरेर तलतिर गईरहेको छ। आज – १४ डिएमआई लाइन माथि फर्किएको छ जसले बजारमा बिक्री बढेको देखिन्छ। आज आरएसआइ ५४.०९ बाट घटेर ४९.८९ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९१० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २०९० को एरिया रहेको देखिन्छ।#nepsetech
Comments