बच्चालाई हरेक कुरामा गाली गर्नु कति सही ?
हरेक अभिभावकले आफ्ना बच्चाहरूलाई राम्रो संस्कार दिन चाहन्छन्, जसका लागि उनीहरू आफ्ना बच्चाहरूलाई केही कडा अनुशासनमा राख्छन् ।
बच्चालाई अनुशासित गर्नका लागि केही नियमहरू र सीमाहरू निर्धारण गर्छन्, जुन बच्चाको राम्रो भविष्यका लागि आवश्यक पनि हुन्छ ।
तर, जब अभिभावक बच्चाहरूलाई नियमहरू पालना गर्न जबरजस्ती गर्छन्, तब बच्चाहरूमा यसको नकारात्मक प्रभाव पर्न थाल्छ । जसले अभिभावक र बच्चाबीचको सम्बन्ध तनावपूर्ण बनाउँछ । यसले बच्चाको व्यवहार र व्यक्तित्वमा नराम्रो असर पार्न थाल्छ र उनीहरू अनुशासित हुने ठाउँमा अनुशासनहीन हुन थाल्छन् ।
बच्चाहरू हुन सक्छन् चिन्ताको सिकार
अभिभावकको धेरै नियन्त्रणले बच्चाहरूमा सधैँ सही गर्नुपर्ने दबाब रहन्छ । जसले गर्दा उनीहरूमा असफलताबाट डरको भावना पैदा हुन्छ, र उनीहरू यो डरमा लगातार रहन्छन् कि असफल हुँदा उनीहरूलाई सजाय दिइनेछ । जबकि उनीहरूलाई थाहा हुँदैन कि असफलताबाट पनि सिक्न सकिन्छ ।
अनुशासनमा राख्नका लागि कडा नियमहरूको पालना गराउनु बच्चा र अभिभावकबीच तनावपूर्ण स्थिति पैदा गर्छ । “तिमीले यो काम सही गर्नै पर्छ” भन्ने कडा व्यवहारको वातावरणमा हुर्किएको बच्चा यति धेरै आक्रामक हुन्छ कि उ पछि गएर विद्रोही बन्छ ।
यस्तो अवस्थामा अभिभावकले बच्चासँग सहानुभूति देखाउन सङ्घर्ष गर्नुपर्छ । तर, बच्चामा यसको उल्टो प्रभाव पर्छ, जसमा बच्चाले तपाईँले अपेक्षा नगरेको काम गर्छ ।
कडा वातावरणमा हुर्किएका बच्चामा रचनात्मकताको भावना विकसित हुँदैन, किनकि उनीहरूले जुनसुकै काम गरिरहेका हुन्छन्, त्यसमा उनीहरूको इच्छा हुँदैन । उनीहरू दबाबमा काम गरिरहेका हुन्छन् ।
कडा वातावरणमा हुर्किएका बच्चाहरूलाई निरन्तर महसुस हुन्छ कि उनीहरूले जे गरिरहेका छन्, त्यो सबैभन्दा कम वा खराब छ । यसले उनीहरूमा निराशाको भावना विकसित हुन्छ र मानसिक दबाब महसुस हुन थाल्छ । त्यसपछि उनीहरू एकोहोरो हुने सानो सानो कुरामा रिसाउने गर्न थाल्छन् ।
त्यसैले बच्चालाई राम्रो संस्कार दिनको लागि उनीहरूसँग मायाले व्यवहार गर्नुहोस् । गल्तीबाटै धेरै कुरा सिकिन्छ भन्ने प्रस्ट पार्नुहोस् । उनीहरू माथि आफ्नो इच्छा नथोपार्नुहोस् ।
उनीहरूको कुरा पनि सुन्ने र बुझ्ने प्रयास गर्नुहोस् । यसले तपाईं र बच्चाबिचको सम्बन्ध सुमधुर हुनेछ ।
एजेन्सी
Comments