गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु, ब्रिगेड अधिकृतसहित दुईजना घाइते
उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
इजरायलको सरकारी स्वामित्वमा रहेको कान टीभी न्युजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको हो ।
सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन् ।
कानले पानी परिरहेको बेला उक्त घटना भएको जनाएको छ। आईडीएफले लडाकुहरूले एकैसाथ गोली चलाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ ।
एजेन्सी
Comments